गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण !
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कास्कीमा १४, स्याङ्जामा ११, बागलुङमा ६ तनहुँमा ३, लम्जुङमा ३ र नवलपरासी पूर्वमा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४७९ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकामा १४ जना नयाँ संक्रमित फेला परेका छन् ।
यस्तै स्याङ्जाको गल्याङमा ८ जना तथा बिरुवा, पुतलीबजार र भिरकोटमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी बागलुङको काठेखोला र बडिगाडमा २–२ जना तथा बागलुङ र जैमिनीमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।
तनहुँको व्यास नगरपालिकामा दुई जना र ऋषिङमा एक जनामा कोरोना संक्रमण देखिएको छ । पूर्वी नवलपरासीको बौदीकालीमा एक जना र लम्जुङको बेंसीशहरमा २ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।