भारतमा २४ घण्टामा ७ सय ७५ को मृत्यु !


साउन १५, २०७७ भारतमा पछिल्लो २४ घण्टामा ५० हजार कोरोना संक्रमण थपिएका छन् । स्वास्थ्य मन्त्रालयले २४ घण्टामा ५२ हजार १२३ नयाँ संक्रमण थपिएका जनाएको छ । योसँगै भारतमा कुल संक्रमणको संख्या १५ लाख ८३ हजार ७ सय ९२ पुगेको छ।

यस्तै, कोरोनाबाट बितेको २४ घण्टामा ७ सय ७५ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट हालसम्म कोरोनाबाट कुल ३४ हजार ९ सय ६८ ले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार देशभर १ करोड ८१ लाख ९० हजार ३ सय ८२ कोरोना टेस्ट भएको छ। हिजो मात्र ४ लाख ४६ हजार ६ सय ४२ जनालाई कोरोना टेस्ट गरिएको छ। हालसम्म १० लाख २० हजार ५ सय ८२ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?