मानव बेचबिखनमा संलग्न ३९ वर्षीय परियार पक्राउ !
धरान उपमहानगरपालिका–११ ठाडो सोलिङ बस्ने ३९ वर्षीय पुष्प परियारलाई मानव बेचबिखन तथा ओसारपसार मुद्धामा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–११ बाट मंगलबार पक्राउ गरेको थियो ।
परियारलाई थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौं पठाइएको प्रहरीले बताएका छन् ।