पहिरोमा परी २४ घण्टामा ११ को मृत्यु !


सांकेतिक तस्विर

पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १३ स्थानमा पहिरो गएको र १० स्थानमा अविरल वर्षा भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ११ को मृत्यु भएको छ भने केहि बेपत्ता रहेको छन् । पहिरो परी १२ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

केही दिनदेखि मनसुन नेपालको पश्चिम जिल्लामा सक्रिय छ । कालीकोट, बाजुरा, कैलाली, बर्दियालगायत जिल्लामा विपद्जन्य घटना भएका र कालीकोटमा भने बढी क्षति भएको प्राधिकरणले जनाएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–४ माझगोठीस्थित एक घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ ।

सोही गाउँपालिका–७ स्थित घरमा पहिलो खस्दा अन्य सात ले ज्यान गुमाएका र महावै गाउँपालिका–७ कोडवाडामा माथिबाट ढुङ्गा खसेर घर थिच्दा दुई बालबालिकाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।

कालीकोटका विभिन्न स्थानमा पाँच जना हराइरहेका प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईँले जानकारी दिनुभयो । बाजुराको बूढीगङ्गा नगरपालिका–१ अमकोटमा गोठालो गएका एक व्यक्ति पहिरामा परेर बेपत्ता भएका छन् ।

कैलाली र बर्दियामा समेत बाढी र पहिराले केही मानिस घाइते भएका र बाढी पसेर दुई हजार कुखुरा तथा खोर नष्ट भएको जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?