कैदी अबस्थामा २८ वर्षीय मगरको मृत्यु !


विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एकजना कैदीको बिहीबार मृत्यु भएको छ ।

डेढ वर्षदेखि कैद सजाय भुक्तान गरिरहेका मोरङको केराबारी गाउँपालिका–४ का २८ वर्षीय रमेश मगरको मृत्यु भएको हो। कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलकाअनुसार मगरलाई लामो समयदेखि मुटु सम्बन्धी समस्या थियो।

मुटुमा थप समस्या देखिएपछि उपचारका लागि बिहान कोशी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषित गरेको थियो । जबरजस्ती करणी र बहुविवाह मुद्दामा अदालतले मगरलाई २०७५ साल पुस १५ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?