बुद्धको मूर्तिमा सुन छ भन्दै १४ लाख ठगी


बुद्धको मूर्तिमा सुन छ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले महोत्तरीको बर्दिबासका २१ वर्षीय अनिल बानियाँ र रामेछापको मन्थलीका ३७ वर्षीय बसन्त श्रेष्ठलाई पक्राउ गरेको हो ।

बानियाँ र श्रेष्ठले मूर्तिभित्र आधा केजी सुन छ भन्दै २० लाख रुपैयाँमा बेचेको र १४ लाख रुपैयाँ लिएर फरार भएको महाशाखाले जनाएको छ । दुवै जना उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?