नक्कली सुन प्रकरणः १५ किलो चाँदीमा सुनको जलप लगाउने पक्राउ !
प्रहरीले साढे १४ किलो चाँदीमा सुनको जलप लगाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिगढ मनिष मल्लिक रहेका छन् । साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा संलग्न थप एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।
‘न्यूरोडस्थित एक सुन पसलमा काम गर्ने मल्लिकलाई परिसरको टोलीले बिहीबार पक्राउ गरेको हो । चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने काम गरेको पाइएको महाशाखाले जनाएको छ । यस्तै शुक्रबार प्रहरी जवान प्रशन्न श्रेष्ठको कोठाबाट एक किलो सुन जस्तो देखिने पहेंलो धातु समेत बरामद भएको छ । उक्त धातु परीक्षणको लागि पठाइएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान कमलादी नजिकै चेकिङमा बसेको प्रहरीले बा६च ५५१९ नम्वरको स्र्कोपियो चेक गर्न लाग्दा भागेपछि उसको पिछा गर्दै जाँदा नविल बैक अगाडि झोला फ्याकेर भागेपछि प्रहरीले झोलामा १५ केजी सुन भनेर बरामद गरेको थियो ।