महोत्तरीमा स्रोत नखुलेको १९ लाख रकमसहित २ जना पक्राउ !


महोत्तरीको जलेश्वरबाट प्रहरीले स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका १ बगडाका २४ वर्षीय रविन यादव र २८ वर्षीय रामेश्वर यादव रहेका छन् ।

महोत्तरी प्रहरीले जलेश्वर नगरपालिका २ जीरोमाईलमा जाँच गर्ने क्रममा जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको यादव सवार प्रदेश २, ०२, ००१ प ०४८८ नम्बरको मोटरसाइकलबाट सो रकम बरामद गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट १ हजारका १,६७५ थान नोट र ५ सयका ५५० थान नोट नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । बरामद भएको रुपैयाँ र पक्राउ परेको माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?