हत्यामा संलग्न दुई अभियुक्त पक्राउ !
धुलिखेल नगरपालिका वडा नम्वर ११ पातलेखेत आरुबोट कैदीटोल घर भएका ५४ बर्षिय कामि सिं तामाङको हत्यामा संलग्न भएको अभियोगमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । हत्या पछि कामि सिंलाई पाँचखाल नगरपालिका वडा नम्वर १० बेला स्थित विपी राजमार्गको सडकखण्डबाट पाँचखाल जाने भित्री कच्चि सडकमा लगेर फालिएको अवस्थामा फेला पारिएको थियो ।
हत्या गरी फरार भएका युवाहरुलाई प्रहरीले १२ घण्टा नवित्दै प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ । हत्याका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले मादक पदार्थ सेवन गरी निस्किदै गरेका धुलिखेल नगरपालिका वडा नम्वर ११ बस्ने वर्ष २१ का सञ्जिव मैनाली र वर्ष २३ का रुपेन्द्रमान लामाले कामिसिलाई यही साउन १४ गते राति ११ः३० बजेको समयमा उक्त स्थानमा पुर्याई हत्या गरेको प्रारम्भिक अनुन्सधानबाट खुलेको जानकारी दिए ।