नक्कली आइडी बनाएर दिदिलाई अश्लिल भिडियो पठाएपछि..!
किशोरीको नाममा नक्कली आइडी बनार अश्लिल भिडियो पठाउने गर्ने एक जनालाई प्रहरीको साइवर ब्यूरोले पक्राउ गरेको छ । तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया किशोरीको नाममा नक्कली फेसबुक आइडी बनाएर भिडियो पढाउने सविनराज मिश्रलाई पक्राउ गरिएको हो । सोही ठाउँका मिश्रले तिनै किशोरीको आफन्तलाई अश्लिल भिडियो पठाउने गरेका थिए ।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले अश्लिल फोटो तथा सन्देश किशोरीकै दिदीलाई समेत पठाउने गरेका थिए । मिश्र यसअघि पनि विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट रु एक लाख तिरेर धरौटीमा छुटेका थिए । पक्राउ परेका मिश्रलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।