भारतका गृहमन्त्री अमित शाह कोरोना पोजिटिभ !


भारत केन्द्र सरकारका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ । शाहले ट्वीटमा आफूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । उनले आफू अस्पतालमा भर्ना भएको पनि बताएका छन् । शाहले ट्वीटमा आफूसँग केही दिनयता सम्पर्कमा रहेका सबै मानिसलाई आइसोलेट गर्न र कोरोना परीक्षण गराउन पनि आग्रह गरेका छन् ।

लकडाउन खुकुलो बनाइएसँगै भारत पछिल्लो समय कोरोनाको केन्द्र बनेको छ। यहाँ पछिल्लो समय ४० हजारभन्दा बढी संक्रमित दैनिक बढ्दै गएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?