भुक्तानीका लागि घुस माग्ने लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा !


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी नगरपालिका सुनसरीका लेखा अधिकृत विकास पोखरेलविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

लेखा अधिकृत पोखरेलले शिक्षा शाखाबाट कक्षा ८ को परीक्षा संचालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गर्ने प्रयोजनका सेवाग्राहीसँग घुस लिएका थिए। अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो । आयोगले विशेष अदालत काठमाडौंमा पोखरेलले घुस लिई भ्रष्टाचार गरेको भन्दै भ्रष्टाचार निवारण ऐनअनुसार सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?