छोरालाई विष खुवाएर आमाद्वारा आत्महत्या !
दाङको तुल्सीपुरमा छोरालाई विष खुवाएर आफुले आत्महत्या गरेकी छन् । ती महिलाले पाँच बर्षको छोरालाई सुर्य नामक किटनासक औषधी खुवाएर आफुले पनि सल्फास नामक किटनासक औंषधी खाएकी थिइन् ।
तुलसीपुर उपमहागनरपालिका–१ पोखरी टोल निबासी ३० बर्षकी तिला श्रेष्ठको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गएराति मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । बेहोस भएका बालक सन्देश श्रेष्ठको अवस्था गम्भिर भएपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको अस्पतालले जानकारी दिएको छ ।