पैसा कमाउनकै लागि आमाकै मिलेमतोमा अबोध शिशुलाई मिल्काइयो !
यही श्रावण ११ गते सोमबार साँझ कपनको आकाशेधारा चौरमा खेल्दै गरेका बच्चाहरूले एउटी नवजात शिशु बेवारिसे अवस्थामा भेटिए । नजिकै रहेको बाल गृहका बच्चाहरूले खेल्दै गर्दा भेटेको नवजात शिशुको बारेमा बालगृहकी सञ्चालिका पुष्पा अधिकारीलाई खबर गरियो । कार्टुनको बाकसमा रहेकी ती शिशु देख्दा ४–५ दिनकी जस्ती देखिन्थिन् । बच्चाको स्वास्थ्य अवस्था सामान्य थियो ।
५ वर्षदेखि ११ वर्षसम्मका १५ जना बालबालिकालाई साहारा दिइरहेकी अधिकारी नयाँ बच्चा भेटिएको सुन्नासाथ सोही चौरमा पुगिन् । दुईजना बच्चाहरू कराउँदै आए । चौरमा गएर हेर्दा त एउटा जीवित बच्चा छाडिएको रहेछ । मेरै जिम्मामा त्यो शिशुलाई बाल गृहमा सुरक्षित राखिएको अधिकारीले मिडियालाई खबर गरेकी थिइन् ।
विवाह अघि नै जन्मिएको बच्चा बाल गृहमा हुर्कियोस् भन्ने सोचेर नै बालगृह नजिकै लगेर छाडेको हुनसक्ने बिभिन्न मिडियालाई अन्र्तवार्ता दिँदा बताएकी थिइन् । । उनीले ‘हामी अभिभावकको खोजीमा छौं । तर अहिलेसम्म कोही आफ्नो भनेर दाबी गर्न आएका छैनन्सम्म भनेकी थिइन् ।’ तर घटनाबारे अनुसन्धान हुँदै गर्दा यो घटनाको योजनाकार पुष्पा अधिकारी नै भएको पुष्टि भएको छ ।
बालगृह सञ्चालिकाको झुट पर्दाफास:
शिशु जन्माउने महिला रोजगारीको शिलशिलामा खाडीमुलुक गएकी थिइन् । कोरोना भाइरस (कोभिड–१९)को महामारीमाका बेला विदेशमा अलपत्रपरेका नेपाली कामदारको उद्धार उडानमार्फत स्वदेश फर्केकी थिइन् । विदेशमा अवैध सम्बन्धबाट गर्भवति भएकोले घर जान असहज मानेर काठमाडौँमै आश्रय लिएर बसेको खुलेको छ ।
काठमाडौँको कुनै संस्थामा बसेकी ति महिलाले बच्चा जन्माइन् । परिवारलाई खवर नगरी काठमाडौंमै आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहकी संस्थापक पुषा अधिकारीसँग भेट हुन्छ । उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ ।
अवैध सम्बन्धबाट गर्भवति बनेकी ती महिलाले समाजले तिरस्कार गर्ने डरले उक्त बच्चालाई बालगृहकी संचालिका अधिकारीलाई जिम्मा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ । प्रहरीले बालिकाकी आमा र बालगृहकी सञ्चालिका अधिकारीलाई नियन्त्रणमा लिएर यसको अनुसन्धान गरिरहेको छ ।
आमाकै मिलेमतोमा पैसा कमाउने योजना:
केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले शिशुको पालन पोषणको जिम्मा लिएपछि ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उनलाई आर्थिक सहयोगको ओइरो नै लाग्यो । बालगृह सञ्चालिका अधिकारीले मिडियालाई बोलाएर शिशु भेटिएको जानकारी गराएकी थिइन् । उनी मिडियाको अगाडी नक्कली आशु देखाएर आफ्नो कालो कर्तुत लुकाउन खोजीरहेकी देखिन्छन् ।
केहिले बालगृह संचालिकाको यो नाटकलाई आम मानिसको सहानुभुति बटुल्ने र आर्थिक संकलन गर्ने नाटकको रुपमा समेत यसलाई संज्ञा दिएका छन । उनको नाटकीय योजना सार्वजानिक भएको छ । उनले पैसाको लागि नभएर एउटा महिलामा भएको समस्या समाधान गर्नको लागि यस्तो नाटक गरेको बताएकी छन् । शिशुलाई आमाकै मिलोमतोमा नाटक मञ्चन गरेर सहयोग उठाउने र पैसा संकलन गर्ने मात्रै नियत थियो वा अरु केही ? प्रश्न उब्जेको छ । घटनाबारे अनुसन्धान गरिरहेको बौद्ध प्रहरीका डीएसपी नविन कार्कीले अनुसन्धान जारी नै रहेका बताएका छन् ।