फेरि दुई साता लकडाउन गर्न विज्ञको सुझाव !
काठमाडौँ । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन् ।
कोरोना संक्रमण थप भयावह हुन सक्ने चिन्ता व्यक्त गर्दै विज्ञले लकडाउन कम्तिमा पनि दुई साता लामो लकडाउन घोषणा गर्न सुझाएको स्रोतले जनाएको छ । लकडाउनका साथसाथै त्यस अवधिभर कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने विज्ञले बताएका छन् ।
विज्ञको यस सुझावमा प्रधानमन्त्री सकारात्मक देखिएका छन् । विज्ञको सुझावलाई मध्यनजर गर्दै टुङ्गो लगाइने जनाइएको छ । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सुझाव मात्रै नभइ काम पनि गर्नुपर्ने बताएका छन् ।