वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६० पुग्यो !
वीरगञ्जमा आज (बुधबार) बिहान थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका १५ निवासी ४६ बर्षका पुरुषको ज्यान गएको नारायणी अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए ।
ती पुरुषको उपचारको क्रममा बुधबार बिहान ६ बजे कोिभिड विशेष वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको मेसु उपाध्यायले बताए । उनी हिजो मात्रै अस्पतालमा भर्ना भएका थिए । साउन १८ गते ती पुरुषको स्वाब संकलन गरिएकोमा १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ६० पुगेको छ।