कैलालीमा बलात्कार आरोपमा वडासचिव पक्राउ !


कैलालीमा बलात्कारको आरोपमा प्रहरीले वडासचिवलाई पक्राउ गरेको छ । दक्षिणी भजनी नगरपालिका–४ का वडासचिव सुमनकुमार चौधरी बलात्कारको आरोपमा पक्राउ परेका हुन् । उनलाई एक महिलाले बलात्कारको आरोप लगाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ती महिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा चौधरीले आफूलाई बलात्कार गरेको उजुरी दर्ता गरेकी छन् । एक महिलाले वडा सचिव चौधरीविरुद्ध बलात्कारको उजुरी दिएकोे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

जिल्लाप्रहरी कार्यालय कैलालीको आदेशमा वडा सचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयमा चलान गरिएको जनाइएको छ । घटनालाई स्थानीयस्तरमै मिलाउने प्रयास भएको स्थानीयले बताएका छन् । घटना मिलाउने कार्यमा जनप्रतिनिधि नै संलग्न रहेको स्रोतको दावी छ । महिलाले जिल्लामै पुगेर उजुरी दर्ता गराएपछि मात्र घटना सार्वजनिक भएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?