ओलीको ‘म नै राज्य, म नै पार्टी’ भन्ने प्रवृत्तिले नेकपा समस्यामा : नेता नेपाल !
नेकपाका वरिष्ठ नेता माधबकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म नै राज्य, म नै पार्टी’ भन्ने प्रवृत्ति देखाएका कारण नेकपा एकीकरणको काम अझै पुरा हुन नसकेको बताएका छन् । काठमाडौमा बुधबार भएको एक अन्तरक्रिया कार्यक्रममा नेता नेपालले ओलीकै कार्यशैलीका कारण एकता प्रक्रिया ठप्प भएको दाबी गरेका छन् ।
‘पार्टी कागजमा सीमित गरियो, आइ एम द स्टेट, आइ एम द पार्टी (म नै राज्य, म नै पार्टी) भन्ने मनोगत शैलीका कारण पार्टीमा समस्या आयो,’ नेता नेपालले भने । ‘पार्टीभित्र देखिएको विवाद समाधान गर्न आफूलाई ओलीले बीचको भूमिका खेल्न आग्रह गरेको भन्दै आफूले त्यसलाई अस्वीकार गरेको बताए ।’ नेपालले बहुमतको निर्णय पार्टीको निर्णय हुनेछ भन्ने प्रावधान पार्टीको विधानमा लेखेर बुद्धि पुर्याएको उनले बताए ।