कपनमा शिशु भेटिएको भनेर झुटो प्रचार गर्ने केयर बाल गृहबाट ११ बालबालिकाको उद्धार !


काठमाडौँको कपनस्थित केयर बाल गृहबाट बुधबार ११ बालबालिकाको उद्धार गरिएको छ । उक्त गृहका सञ्चालकको गतिविधि विवादित भएपछि बुधबार बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषद्को टोलीले उद्धार गरेको हो ।

अहिले ती बालबालिकालाई सरकारले स्थापना गरेको अस्थायी बाल संरक्षण केन्द्रमा राखिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमुना भुसालले जानकारी दिए । भुसालका अनुसार उक्त गृह कम्पनीमा दर्ता भएको पाइएको छ । केही दिनअघि नाटक मञ्चन गरी उक्त संस्थाका सञ्चालक पुष्पा अधिकारीबाट चौरमा शिशु भेटिएको भनी प्रचार भएको थियो । विदेशबाट आएकी चितवनकी एक महिलाले बच्चा जन्माएपछि अधिकारीकै नेतृत्वमा चौरमा शिशु लगेर छाडी भेट्टाएको भनी प्रचार गरिएको थियो ।

यो पनि पढ्नुहोस्

पैसा कमाउनकै लागि आमाकै मिलेमतोमा अबोध शिशुलाई मिल्काइयो !

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?