अख्तियारमा कार्यरत थप २० जनामा कोरोना संक्रमण !
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत थप २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल प्राविधिक धनप्रसाद पौडेलले अख्तियारका कर्मचारीमा संक्रमण पुष्टि भएको बताएका छन् । योसँगै आयोगमा कोरोना संक्रमित हुनेको संख्या ३५ पुगेको छ ।