नेपालमा एकैदिन कोरोना संक्रमणबाट ५ जनाको मृत्यु !
पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)बाट थप ५ जनाका मृत्यु भएको छ । सर्लाहीका १ मोरङ २, धनुषाका १, सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।