संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण !
संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता डा.रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ । सार्वजनिक लेखा समितिले गठन गरेको संसदीय अनुगमन टोलीमा रहेका पाण्डेको आज बिहान पोजिटिभ रिपोर्ट आएको हो ।
प्रवक्ता पाण्डेले आफूलाई शनिबारदेखि सोमबारसम्म टाउको दुख्ने, ज्वरो आउने र पखाला लागेपछि परीक्षणको लागि स्वाब दिएको बताए । उनले मंगलबार पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । उनले आज (बिहीबार) बिहान रिपोर्टमा पोजिटिभ आएको छ ।