पर्सामा कोरोनाबाट थप दुईजनाको मृत्यु !
वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप दुईजना पुरुषको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ७९ वर्षीय र ५७ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । ५७ वर्षीय व्यवसायीको कोभिड अस्पताल गण्डकमा उपचारको क्रम मृत्यु भएको थियो ।
यस्तै, ७९ वर्षीय अर्का पुरुषको भने घरमा नै मृत्यु भएको थियो । उनीहरु दुवैको बिहीबार मृत्यु भएको हो । अस्थायी कोभिड विशेष अस्पताल गण्डकका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार मृतक दुवै मुटुरोगबाट पीडित थिए ।