कामको प्रलोभन देखाएर किशोरीलाई बलात्कार !
सल्यानमा १५ वर्षीया किशोरीलाई होटलमा काम लगाउने प्रलोभन देखाएर बलात्कार गरेका छन् । जिल्लाको शारदा नगरपालिका–१ का ४५ वर्षीय हिमलाल बुढाथोकीले सोही नगरपालिका–१२ की १५ वर्षीया एक किशोरीलाई आफ्नो होटेलमा काम दिने प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
साउन २३ गते बेलुका साढे ८ बजे बुढाथोकीले ती किशोरीलाई ललाइफकाई दारिमचौरको जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए । प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । प्रहरीले बुढाथोकीलाई शनिबार पक्राउ गरे पनि आइतबार मात्रै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जानकारी दिएको छ ।