प्रधानमन्त्री ओलीको हत्या गर्न भारतले सार्पसुटर खटाएको भन्दै फेसबुकमा स्टाटस लेख्ने सुनिल पक्राउ !


प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न भारतले सार्पसुटर खटाएको छु भन्दै फेसबुकमा स्टाटस लेखेर अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनिल शर्मा भन्ने व्यक्ति रहेको महानगरीय प्रहरी परिसरका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।

परिसरको टोलीले शर्मालाई बिहीबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ परेका शर्माविरुद्ध साइबर अपराधमा अनुसन्धान सुरु गरिएको परिसरले जनाएको छ । शर्माले आफू भारतीय मिडिया आजतकको नेपाल ब्यूरो प्रमुख रहेको र विश्व हिन्दू महासंघको आजीवन सदस्य रहेकोसमेत बताएको एसएसपी ज्ञवालीले बताए ।

शर्माले फेसबुकमा भारतले प्रधानमन्त्री ओलीको हत्याका लागि मानिस परिचालन गरेकाले सुरक्षा निकायले सतर्कता अपनाउनुपर्ने पोस्ट गरेका थिए। सोही अफवाह फैलाएको आरोपमा शर्मालाई पक्राउ गरिएको परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

बिराटनग घर भएका ५४ बर्षीय शर्माले आफ्नो फेसबुकमा प्रधानमन्त्री ओलीको हत्याका लागि भारतले सार्प सुटर खटाएको अभिव्यक्ति पोस्ट गरेका छन् । पक्राउ परेका शर्माबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?