च्याम्पियन्स लिग- सेमिफाइनलका लागि बायर्न र बार्सिलोना भिड्दै
युरोपियन च्याम्पियन्स लिगमा आज राति क्वाटर फाइलनको तेश्रो खेल हुँदैछ । पोर्चुगलको स्टाडियो डा लुजमा हुने उक्त खेलमा जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब बार्सिलोना भिड्दैछन् ।
आज हुने सो खेल नेपाली समयअनुसार राती १२ः४५ बजेबाट सुरु हुनेछ ।
उत्कृष्ट लयमा लयमा रहेको बायर्नलाई पराजित गर्नु बार्सिलोनाका लागि ठूलो चुनौति हुनेछ । यो भन्दा अगाडी भएका आठ खेलमध्ये जम्मा एक खेलम मात्रै बार्सिलोनाले बायर्नमाथि जीत हात पारेको छ । २०१५ को सिजनमा यी दुई टोली सेमिफाइनलमा भिडेका थिए । उक्त सिजन बार्सिलोना विजयी हुँदै फाइनमा पुगेर च्याम्पियन बनेको थियो ।
बार्सिलोना लगातार १३ वर्ष च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाउने एक्लो टोली हो । तर, बायर्न र बार्सिलोनाले समान पाँच-पाँच पटक च्याम्पियन्स लिग जितेका छन् ।
यसअघि भएका दुई खेलबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) र जर्मन क्लब आरबी लाइपजिग अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।