बार्सिलोनाविरुद्ध बायर्नको ८ गोल, बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो !


बार्सिलोनाविरुद्ध बायर्नको ८ गोल, बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो,
च्याम्पियन्स लिगमा बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न क्वाटरफाइनल खेलमा जर्मनी च्याम्पियन बायर्न म्युनिखसँग बार्सिलोना ८–२ गोल अन्तरले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । बायर्नको जितमा थोमस मुलर र फिलिप कोटिन्होले २–२ गोल गरे भने रोबेर्ट लेवानडोस्की, इभान पेरिसिक, सेर्गी ग्नाब्री र जोशुआ किम्मिचीले एक एक गोल गरेका थिए ।

त्यस्तै बार्सिलोनाका लागि एक गोल लुसी स्वरेजले गरे भने एक गोल बायर्नका डेभिड अलावाले आत्मघाती गोल गरेका थिए । बार्सिलोनाले दुवै हाफमा ४(४ गोल खाएको थियो । बार्सिलोनाले च्याम्पियन्स लिगको पहिलो हाफमा ४ गोल खाएको यो पहिलो पटक हो । च्याम्पियन्स लिगको इतिहासमै बार्सिलोनाको यो ठुलो हारको रुपमा लिइएको छ ।

यो जितसँगै बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । बायर्न म्युनिखले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र लियोनबीचको विजेतासँग अगस्त १९ मा खेल्ने छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?