१० हजार घुस लिँदालिँदै वाणिज्य विभागका नासु महतो पक्राउ !
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कार्यरत एकजनालाई पक्राउ गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतोले घुससहित पक्राउ परेका हुन् ।
फर्मको दर्ता प्रमाण पत्रसँग सम्बन्धित कामका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई १० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।