च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि पिएसजी र बायर्न म्युनिखको भिडन्त


जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले च्याम्पियन्स लिग उपाधिका लागि एक अर्काको सामना गर्दैछन् ।

खेल नेपाली समयअनुसार आइतबार राति पौने १ बजे पोर्चुगलको स्टाडियो डा लुजमा हुनेछ ।

हालसम्म यी दुई बीच आठ खेलमा प्रतिस्पर्धा भएको छ । पिएसजीले ५ खेल आफ्नो पक्षमा पार्दा बायर्ननले ३ खेल आफ्नो पक्षमा पारेको छ ।

बायर्नले हालसम्म ५ पटक च्याम्पियन्स लिग उपाधि हात पार्दा पिएसजी पहिलो उपाधिको खोजीमा छ । युवा खेलाडीहरूले भरिएका यी दुई टोली वीच निकै कडा तथा रोमाञ्चक प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।

पिएसजीलाई पछिल्लो समय निकै राम्रो लयमा रहेका रोवर्ट लेवान्डोस्कीलाई रोक्न मुस्किल पर्ने देखिन्छ भने पिएसजीका नेयमार बायर्नका लागि खतरा बन्न सक्नेछन् ।

लेवान्डोस्कीलाई सर्ज जिनाब्रे, थोमस मुलर, जोसुवा किमिच र फिलिप कोउटिन्हो जस्ता खेलाडीहरूको साथ हुनेछ ।

नेयमारलाई केलियन एम्बाप्पे, एन्जल डि मारिया, माउरो इकार्डी र जुआन बर्नेट जस्ता खेलाडीको साथ हुनेछ ।

पिएसजीले जर्मन क्लब लाइप्जिग तथा बायर्नले फ्रेन्च क्लब लियोनलाई समान ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?