गौतमबुद्ध विमानस्थलका कार्यालय सहयोगीविरुद्ध चार लाखको भ्रष्टाचार मुद्दा !


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र महेन्द्रप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

चार लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । विमानस्थल आयोजनाले अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग चार लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध मुद्दा चलाइएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?