चेन्नई सुपर किङ्सका एक खेलाडीसहित १३ जनामा कोरोना संक्रमण !


महेन्द्रसिंह धोनी कप्तान रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) टीम चेन्नई सुपर किङ्सका एक खेलाडी र १२ कर्मचारीसहित १३ जनालाई कोरोनाभाइरस संक्रमण भएको छ । आईपीएलको नयाँ सिजनका लागि टीम युएई पुगिसकेको छ।

कोराना संक्रमित खेलाडीको नाम सार्वजनिक गरिएको छैन । संक्रमणबारे टीमको तर्फबाट आधिकारिक जानकारी पनि आइनसकेको भारतीय सञ्चार माध्याम दैनिक भाष्करले उल्लेख गरेको छ ।

तर, संक्रमित खेलाडी भारतीय भएको र उनी तीव्र गतिका बलर भएको आशंका गरिएको छ । त्यसबाहेक टीम व्यवस्थापनका वरिष्ठ अधिकारी र उनको पत्नीलाई संक्रमण भएको छ । चेन्नईको सामाजिक सन्जाल व्यवस्थापन टीमका दुई सदस्यलाई पनि संक्रमण भएको जनाइएको छ।

यसपटक आईपीएल १९ सेप्टेम्बरबाट दुबईमा शुरु हुँदैछ । चेन्नईको टीम २१ अगष्टमा दुबई पुगेको थियो । त्यसपछि सात दिनका लागि पूरै टीम क्वारेन्टिनमा थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?