पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुख अर्याल ५ लाख घुससहित पक्राउ !


काठमाडौँ । भौतिक पूर्वाधार विकास कार्यालय बाँकेका सिनियर इन्जिनियर मनिषकुमार अर्याल घूसको रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले श्रोत नखुलेको ५ लाख ३० हजार नगदसहित उनलाई पक्राउ गरेको हो ।

रकम बोकेरै मन्त्रालय आएका अर्याललाई अख्तियारको टोलीले बुटवलस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयको परिसरबाट पक्राउ गरेको थियो । गोप्य सूचनाका आधारमा आयोगको स्टिङ अपरेसनबाट अर्याललाई नियन्त्रणमा लिइएको बुटवलस्थि अख्तियार कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए ।

अर्याललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार बुटवलका प्रवक्ता भुसालले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?