पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसीलाई कोरोना संक्रमण !
काठमाडौँ । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसी कोरोना भाइरसको संक्रमण भएको छ । केसीका छोरा मदनकुमार केसीले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।
दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएका उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उपचारका लागि स्टार अस्पताल लगिएका केसीको स्वाब संकलन गरी टेकु पठाइएको थियो । केसी अहिले होम आइसोलेसनमा रहेका छन् ।
म्याराथन धावक जितबहादुुरले १९७३ मा फिलिपिन्समा भएको एशियाली ट्रयाक एन्ड फिल्ड इन्भेन्टस्मा स्वर्ण जितेका थिए । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जितेको यो पहिलो पदक हो । उनले १९७२ मा म्युनिख ओलम्पिकमा समेत सहभागिता जनाएका थिए ।