पीएसजीका थप तीन खेलाडीमा कोरोना संक्रमण
एजेन्सी । फ्रान्सेली फुटबल क्लब पेरीस सेन्ट जर्मन (पीएसजी)का थप तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार पीएसजी कै नेयमार सहित अन्य तीन जना खेलाडीमा पनि कोरोना पुष्टि भएको थियो ।
पीएसजीले थप तीन जनामा कोरोना संक्रमण भएको पुष्टि गर्दै संक्रमित खेलाडी क्वारेन्टीनमा बस्ने जनाएको छ ।
फ्रान्सको शीर्ष लिग ‘लिग वान’ सुरू भइसके पनि पीएसजीले पहिलो खेल खेल्न बाँकी नै छ । पीएसजीले लिगमा १२ तारिखमा खेल्दै २०२०-२१ सिजनको सुरूवात गर्दैछ ।
अहिलेसम्म पीएसजी ६ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय फ्रान्समा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोना महामारीले तीव्र रूप लिएपछि लिगका केही खेल अगावै पीएसजीले २०१९ अन्तर्गतको घरेलु लिग जितेको थियो ।
युरोपियन च्याम्पिन्स लिगमा पीएसजी यो सिजन फाइनलमा पुगे तापनि जर्मनीको बायर्न म्युनिखसँग पराजित हुँदै उपविजेतामा सिमित रह्यो ।