भतिजसँगको अवैध सम्बन्धकै कारण गीताको हत्या !


काठमाडौँ । शुक्रबार ललितपुरको गोदावरी नगारपालिका–१० मुलडोलको लेलेको जंगलमा एक महिलाको मृत अवसथमा शव प्रहरीले फेला पार्याे । शनिबार फेला परेको महिलाको शव ललितपुरको भैसेपाटी बस्ने ३९ वर्षीया गीता केसीको भएको प्रहरीले पुष्टि गरेको थियो । केसी एकाएक बेपत्ता भएकी थिइन् ।

परिवारले खोजतलास गरिपाउँ भन्दै प्रहरीलाई निवेदन दिएका थिए । मृतक गीता केसी पुल्चोकस्थित अल्का अस्पतालको कर्मचारी पनि हुन् । अस्पतालमा ‘हाउस किपिङ’ को रुपमा कार्यरत थिइन् मृतक केसी । हत्या आरोपमा प्रहरीले केसीको भतिजा निर्मल केसीलाई पक्राउ गरेको छ । निर्मलले हत्या स्वीकारेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताएका छन् ।

तीन वर्षदेखि भतिजसँग अबैध सम्बन्ध
गीता र उनका भतिज निर्मल केसीको तीन वर्षदेख माया–प्रेममा रहेको खुलेको छ । निर्मलले गीतालाई जस्तो अवस्थामा पनि सहयोग गर्थे । मृर्तक केसीलाई अल्का अस्पतालमा पुर्याउने ल्याउने काम गर्थे । गीताको आफ्ना श्रीमानसँग त्यती राम्रो सम्बन्ध नरहेको अनुसन्धानबाट खुलेको छ । गीताका श्रीमानले रक्सी खाने हुनाले पनि उनको श्रीमानसँग खटपट भैरहन्थ्यो ।

झगडाका कारण आफ्नै भतिजसँग अवैध सम्बन्ध राख्न पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गीताका श्रीमान काम केही नगर्ने भएकोले पनि श्रीमानसँग राम्रो सम्बन्ध नभएको बताइन्छ । मृतक केसीले निर्मललाई पैसा राख्न दिएकी थिइन् ।

‘राख्न दिएको पैसा मागेपछि विवाद भएको र विवादकै क्रममा हत्या भएको हुनसक्ने अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउछन् । आर्थिक लेनदेन र अवैध सम्बन्धकै कारण केसीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको छ ।

हत्या भएको दिन निर्मलले घुम्न जाऊँ भनेपछि गीताले आफ्ना श्रीमान्लाई अस्पतालमा काम गर्न जान्छु भन्दै लेलेको जंगलमा घुम्न गएका थिए । उनीहरूले जंगलको एकान्तमा केही समय बिताएको र सामान्य विवादले गीताको हत्या भएको हुनसक्ने अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी बताए ।

निर्मलको हत्या स्वीकारयुक्ती बयान
निर्मलले प्रहरीसँगको प्रारम्भिक बयानमा गीताको हत्या गरेको स्वीकारेका छन् । अनुसन्धानका क्रममा पक्राउ परेका निर्मलले गीतासँग अवैध सम्बन्ध रहेको बयान समेत दिएका हुन् । महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी टेकप्रसाद राईले दुईबीच अवैध सम्बन्ध रहेको कुरा आएपनि हत्याको कारण स्पष्ट भइनसकेको बताए ।

अस्पताल जान्छु भनेर घरबाट निस्किएकी गीता अस्पताल नगई निर्मलसँग लेलेको जंगलमा पुगेको पाइएको छ । त्यहाँ गीताले आफू मर्नु न बाँच्नुको स्थितिमा रहेको भन्दै आत्महत्या गर्ने प्रयास गरेको प्रहरी समक्ष निर्मलले बयान दिएका छन् । त्यहीक्रममा विवाद भएको र आफूले घाँटी थिचेको उनले बताएका एसएसपी राईले जानकारी दिए ।

यो पनि…

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?