भक्तपुर हत्या प्रकरणः श्रीमती र छोराको हत्या, २४ घण्टापछि विष सेवन !
काठमाडौँ । भदौ २६ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको एक घरमा तीन जना मृत अवस्थामा फेला पारेको घटनाले निकै ठूलो सन्नाटा छाएको थियो । परिवारका सबै तीन जनाको शव भेटिएको घटनामा प्रहरीले श्रीमती र छोराको हत्या गरेको २४ घण्टापछि श्रीमानले विष सेवन गरी आत्महत्या गरेको निष्कर्ष निकालेको छ ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६, कुन्डोलका ३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीय सम्झना र छोरा १५ वर्षीय सुशान्तको २६ भदौमा घरभित्रै शव भेटिएको थियो । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले सुदीपले श्रीमती र छोराको हत्या गरेर विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने आशंका गरेको थियो ।
अनुसन्धानमा संलग्न अधिकृतका अनुसार पोस्टमार्टम रिपोर्टले आमाछोराको धारिलो हतियार प्रहारबाट मृत्यु भएको निष्कर्ष निकालेको छ । पोष्ट मार्टम रिपोर्टले सम्झना र सुशान्तको मृत्यु भएको २४ घण्टापछि मात्र सुदिपको मृत्यु भएको निष्कर्श दिएको छ । ‘श्रीमतीलाई टाउकोमा घनले हानेर त्यसपछि छुरा प्रहार भएको र छोराको घाँटीमा छुरा हानिएको पोष्ट मार्टम रिपोर्टमा छ’, एक अनुसन्धान संलग्न एक प्रहरीले एमएनटिभीलाई भने ।
यो पनि…