मेसीले जीते महत्वपूर्ण मुद्दा, आफ्नै नामको ट्रेडमार्क राख्न पाउने


एजेन्सी । बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेसीले लामो समयपछि महत्वपूर्ण मुद्दा जितेका छन् । करिब नाै वर्ष लामो अदालती प्रक्रियापछि मेसीले आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने युरोपेली सङ्घको उच्च अदालत मुद्दा जितेका हुन् ।

स्पेनी साइक्लिङ कम्पनी मास्सी र युरोपेली सङ्घको बौद्धिक सम्पत्तिसम्बन्धी कार्यालय ईयूआईपीओको अपीललाई युरोपिअन कोर्ट अफ जस्टिसले खारेज गरिदिएको छ ।

मेसीले २०११ मा स्पोर्ट वेयरका लागि आफ्नो नाममा ट्रेडमार्क दर्ता गर्न आवेदन दिएका थिए । तर, मासीले पनि आफ्नो लोगोसँग समानता भएका कारण मानिसहरू भ्रममा पर्न सक्ने भन्दै मुद्दा दर्ता गरेको थियो ।

अदालतले मेसी लोकप्रिय भएको भन्दै उनको नामबाट कोही पनि नझुक्किने भन्दै मेसीको पक्षमा फैसला सुनाएको हो ।

अदालतको फैसला भएसँगै मेसीले अब आफ्नै नामको ट्रेडमार्क दर्ता गराउन पाउने भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?