प्याजको कालोबजारी गर्ने विराटनगरका दुई ब्यापारी पक्राउ !


मोरङ । प्याजको कालोबजारी गर्ने विराटनगरका दुई ब्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षीय संजयकुमार गुप्ता र २९ वर्षीय मुकेशकुमार सहनीलाई प्रहरीले पक्राउ गरेको छ । असोज २ मा उपभोक्ताले गुनासो गर्ने बित्तिकै आलु र प्याजको थोक पसलमा खरिदका लागि सादा पोशाकमा प्रहरी पठाएर बिलसहित पक्राउ गरिएको हो ।

पक्राउ गरिएका दुबैलाई कालो बजार तथा केही सामाजिक अपराध सजाय ऐन २०३२ अनुसार प्रहरीले मुद्दा दर्ता गराएको छ ।विराटनगरका थोक बिक्रेताले ४२ प्रतिकिलोमा खरिद गरी सय प्रतिशत भन्दा बढी नाफा गरेर बिक्री गर्ने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले बताए । भारतले रोकेको जानकारी सार्वजनिक हुने बित्तिकै विराटनगरका थोक बिक्रेताले पहिले नै आयात गरेको प्याज १०० रुपैंया प्रतिकिलोमा बिक्री गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?