आईपीएल २०२०ः दिल्लीले पञ्जाबलाई हरायो !


काठमाडौँ । यूएईमा जारी आईपीएलको दोस्रो म्याच सुपर ओभरमा दिल्ली क्यापिटल्सले ६ बलमा ३ रन बनाउनुपर्ने थियो । मोहम्मद शमीले एक वाइड फ्याँके र त्यसपछि ऋषभ पन्तले दुई रन दौडेर टिमलाई जित दिलाए ।

यसअघि सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबले दुई विकेट गुमाएर दुई रन बनाएको थियो । दिल्लीले टस जितेर बलिङ रोज्दै २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो। १५८ रनको लक्ष्य पाएको पञ्जाबले पनि पूरै ओभर खेल्दै ८ विकेट नै गुमाएर १५७ रन बनायो ।

पञ्जाबका लागि मयंक अग्रवालले सबैभन्दा धेरै ६० बलमा ८९ रन बनाएका थिए । आखिरी ओभरमा पञ्जाबले ६ बलमा १३ रन बनाउनुपर्ने थियो । दिल्लीका मार्कस स्टोइनिसले आखिरी २ बलमा मयंक र क्रिस जोर्डन आउट भएपछि म्याच सुपर ओभरमा गएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?