मन्दिरमा लगेर बालिकाको बलात्कारपछि हत्या !


काठमाडौँ । बझाङमा बालिकालाको बलात्कारपछि हत्या भएको छ । जिल्लाको मष्टा गाँउपालिका–२ की एक १२ बर्षिया बालिकाको बलात्कारपछि हत्या भएको हो । बुधबार बेलुका ४ः३० बजे उनको गाउँ खिकालाबाट पशुचौपया बाँध्न सिमछानामा गएकी बालिका अबेरसम्म घर नआएपछि उनको खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै २ किलोमिटर टाढा पर्ने सिम मन्दिरमा उनको सब फेला पारेको थियो ।

नातीनी अबेरसम्म नआएपछि कतै लडेकी भनेर खोजी गर्दै जाँदा मन्दिरभित्र मृत अवस्थामा फेला पारेको उनको भनाइ छ । बालिकाको शरीरभरि निलडाम छन् । उनको यौनीबाट रगत र पानीसमेत बगेको अवस्था छ भने बालिकाले लगाएको सुरुवालसमेत नभएको नग्न अवस्थामा शब फेला पारेको वडाअध्यक्ष शेरबहादुर खड्काले जानकारी दिए ।

बालिकाले कानमा लगाएको ५ आना बराबरका सुनसमेत लुटेर लगेको बाजे गोर्ख कामीले बताए । बालिकाका बुबा आमा रोजगारीका लागि भारतमा नै छन् । बालिका मष्टा निमावि तुतीका कक्षा ६ मा अध्यनरत बालिका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?