आइपीएलमा बैंगलोरमाथि पञ्जाबको सहज जित !
काठमाडौँ । दुबईमा खेलिएको इन्डियन प्रिमियर लिग (आइपीएल)को छैठौँ खेलमा किंग्स इलेभन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गरेको छ । बैँगलोरमाथिको जितसँगै आईपीएलमा किङ्स इलाभेन पन्जाबले आफ्नो पहिलो जित दर्ता गरेको हो ।
२ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा १ सय ९ रन बनाएर अलआउट हुँदा पन्जाबले ९७ रनको जित दर्ता गरेको छ । टस हारेर ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।
पन्जाबका लागि कप्तान केएल राहुलले ६९ बलमा ७ छक्का र १४ चौका हान्दै १ सय ३२ रनको शतकीय पारी खेले । योसँगै उनी यो सिजनको आईपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।
पन्जाबका लागि मायांक अग्रवालले २६, निकोलस पुरनले १७, करुण नायरले १५ रन जोडे । बैंगलोरका शिबम डुबेले २ र युजभेन्द्र चाहलले १ विकेट लिएका थिए । खेलमा बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३०, एबी डी भिलियर्सले २८, आरोन फिन्च २० र शिवम डुबे १२ रन जोडे ।
पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । तेस्रो खेलमा पन्जाबले आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ । पहिलो खेलमा बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो । सोमबार तेस्रो खेलमा बेंगलोरले मुम्बई इन्डियन्ससँग खेल्ने छ । पन्जाबले २ खेलमा २ अंक जोडेको छ ।