विराट कोहलीलाई १२ लाख जरिबाना


एजेन्सी । इन्डियन प्रिमियर लिग अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का कप्तान विराट कोहलीले जरिबाना तिर्नुपर्ने भएको छ । बुधबार भएको किंग्स इलाभेन पञ्जाव विरूद्धको खेलमा स्लो ओभर रेट गरेको भन्दै १२ लाख भारू जरिबाना गरिएको हो ।

आरसीबीले ९७ रनको पराजय भोगेको खेलमा कोहली १ रनमा आउट भएका थिए ।

आईपीएलले विज्ञप्ती जारी गर्दै कोहलीले न्युनतम ओभर रेट नियमको उल्लंघन गरेकोले १२ लाख भारू (करिब २० लाख नेपाली) जरिबाना गरिएको उल्लेख गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा विराटको प्रदर्शन बिर्सनयोग्य रहेको थियो । उक्त खेलमा शतक प्रहार गरेका केएल राहुलका २ बल क्याच गर्नबाट चुकेका उनले टोलीका लागि पनि खास योगदान दिन सकेनन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?