एनसीबीले सोधपुछ गरिरहँदा किन रोइन् दीपिका ?


एजेन्सी । बलिउडमा यतिबेला ड्रग्स प्रकरण तातिरहेको छ । चर्चित अभिनेत्रीहरूको ड्रग्स च्याट लिक भएसँगै थप रहस्यमय बनेको यो प्रकरण सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको छ । नारर्कोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले एक्सन मोडमा दीपिका–सारा–श्रद्धासँग लगातार सोधपुछ गरेको छ । एनसीबीले उनीहरुको मोबाइलसमेत जफत गरेको छ ।

भारतीय मिडियाले आफ्नो एक समाचारमा सोधपुछका क्रममा दीपिका तीनपटक रोएको बताएको छ । अभिनेत्री पादुकोण बयान दिने क्रममा तीनपटक भावुक भइन् । त्यसपछि एनसीबीले उनलाई ‘इमोस्नल कार्ड’ नखेल्न अनुरोध गरेको इन्डिया टूडेमा समाचार उल्लेख छ ।

यसअघि एक ह्वाट्सएप ग्रुपमा ला’गूऔषधको प्रयोगबारे संवादमा दिपिकाको पनि मेसेज गरेको कुरा सार्वजनिक भएको थियो । एनसीबीको बयानमा ह्वाटसाप च्याट गरेको स्विकारे पनि ला’गूऔषध उपभोग र कारोबार आफूले नगरेको बताइन् । दिपिकालाई पाँच घण्टा सोधपुछ गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?