आइपीएलमा पञ्जाबविरुद्ध राजस्थानको रोमाञ्चक जित !


काठमाडौँ । आइपीएलअन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेनविरुद्ध राजस्थान रोयल्सले रोमान्चक जित निकालेको छ । रनको वर्षा भएका उक्त खेलमा राजस्थानले पञ्जाबको २२३ रनको लक्ष्य भेटाएको हो । निर्धारित २० ओभरमा पञ्जाबले मात्र २ विकेट गुमाएर बनाएको २२३ रनको लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा भेटाएको थियो ।

पञ्जाबका लागि ओपनरद्धय लोकेश रावल र मयंका अग्रवालले ठोस सुरुवात गरेका थिए । कप्तान रावलले ५४ बलमा ६९ रन बनाएका थिए भने अग्रवालले ७ छक्का र १० चौकाको सहयोगमा ५० बलमा १०६ रन रनको योगदान दिए । त्यसपछि ग्लेन म्याक्सवेलले १३ र निकोलस पुरनले २५ रन बनाउँदा राजस्थानविरुद्ध चुनौतिको विशाल पहाड खडा भयो ।

२२३ रन चेन्ज गर्न मैदान छिरेको राजस्थानले ओपनर जोस बोटलरलाई सुरुमै गुमाएको थियो । । सञ्जुले ४२ बलमा ७ छक्का र ४ चौकाको सहयोगमा ८५ रनको योगदान दिए ।

उनलाई कप्तान स्टिपेन स्मितले साथ दिएका थिए । उनले पनि २७ बलमा अर्धशतक पूरा गरेका थिए । राजस्थानका लागि राहुल टिवेटेवालाले ३१ बलमा ५३ रन बनाएपछि राजस्थान जीतको नजिक पुगेको थियो । अलराउन्डर जाफर आर्चरले ३ बलमा १३ रन बनाएपछि राजस्थानले विजय लक्ष्य भेट्यो ।

पञ्जाबका लागि महोम्मद सामीले ३ विकेट लिएका थिए । किफायती बलिङ गरेका रवि विस्नोइको नाममा २ विकेट रह्यो । सोमबार साँझको खेल रोयल च्यालेन्जर बंगलोर र मुम्बइ इण्डियन्सबीच हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?