बलिउडमा ड्रग्स काण्ड : नायिकाहरूको बैंक खाता अनुसन्धान हुने


एजेन्सी । बलिउड स्टार सुशान्त सिंह राजुपतको मृत्युपछिको अनुसन्धानको दायरा थप बढ्दै गएको छ । पछिल्लो समय ड्रग्ससम्म पुगेको अनुसन्धान अब बैंक अकाउन्टतर्फ मोडिने भएको छ ।

ड्रग्ससँग ठूला नामहरू जोडिएपछि एनसीबीले बैंक खाताबाट भएको कारोबारको अनुसन्धान गर्ने भएको छ । एनसीबीले दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपुर र रकुलप्रित सिंहको बैंक खाताबाट भएको कारोबारको अनुसन्धान गर्ने भएको हो ।

एनसीबीले यी नायिकाहरूसँग ड्रग्स प्रयोगबारे सोधपुछ गरिसकेको छ । उक्त अनुसन्धानमा दीपिका पादुकोणले ड्रग्स प्रयोग गरेको स्वीकार गरिसकेकी छिन् ।

भारतीय मिडियामा उल्लेख गरिए अनुसार बैंक खाता चेक गर्दा एनसीबीले ड्रग्स खरिद्का लागि कारोबार भए नभएकोबारे तथ्य संकलन गर्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?