क्लब बिहिन बनेका कभानी भित्र्याउने म्यानचेस्टर युनाइटेडको तयारी
एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनका पूर्व स्ट्राइकर एडिन्सन कभानीलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्ध गर्ने तयारी गरेको छ । उरूग्वेका ३३ वर्षीय स्ट्राइकर पिएसजीमा सम्झाैता सकिएसँगै क्लब बिहीन भएका थिए ।
बिबिसीले उल्लेख गरेअनुसार कभानीसँग युनाइटेडले २ वर्षको सम्झाैता गर्ने तयारी गरेको छ । यदी त्यसो भएमा कभानी २०२२ सम्म युनाइटेडको जर्सीमा देखिनेछन् ।
कभानीको पिएजीसँगको सम्झाैता गत जुनको अन्त्यमा सकिएको थियो । पीएजीले कभानीसँगको सम्झाैता नवीकरण नगर्नुको मुख्य कारण ब्राजिलियन स्टार नेयमारसँग बिग्रँदो सम्बन्ध भएको बताइएको छ ।
कभानी पनि युनाइटेडमा खेल्नका लागि सकारात्मक देखिएका छन् ।
जर्मन क्लब बोरूसिया डर्टमण्डका फरवार्ड जोडन साञ्चो क्लब अाउन अनिच्छुक देखिएसँगै युनाइटेड कभानीतर्फ मोडिएको हो ।