नक्कली र सक्कली छुट्याउन हम्मे बलिउडका ४ किस्सा !


एजेन्सी । बलिउडमा यस्ता थुप्रै अभिनेत्रीहरु छन् जसको अनुहारदेखि सबै कुरामा समानता देखिन्छ । ती कलाकारहरूको वास्तविक जीवनमा कुनै सम्बन्ध नभएपनि जुम्ल्याहा जस्तो देखिन्छ । आज हामी त्यस्ता अभिनेत्रीहरुको बारेमा चर्चा गर्नेछौ जसमा तपाईलाई पनि भ्रममा पर्नुहुनेछ ।

पहिलोः विक्की डोनर फेम अभिनेत्री यामी गौतमको अनुहार साउथ फिल्मकी अभिनेत्री विदिशा श्रीवास्तवसँग मिल्दोजुल्दो छ । उनीहरुको कपालको स्टाइल पनि सामान्यतया एउटै हुन्छ । यामी र विदिशाको मुस्काउने तरिका पनि उस्तै उस्तै छ ।

दोस्रोः अभिनेत्री निक्की वालिया पहिलो पटक वीजेको रूपमा देखा परेकी थिइन् । निक्कीलाई अभिनेत्री माधुरी दीक्षित जस्तै देखिन्छन् । यी दुबै अभिनेत्रीलाई एकैसाथ देखेमा प्राय झुक्किने गर्छन् । उनले धेरै भारतीय टिभि सीरियलमा काम गरिन् । निक्की प्रसिद्ध टिभी अभिनेत्रीहुन भने माधुरी दीक्षित फिल्म स्टार हुन् ।

तेस्रोः अभिनेत्री चित्रांगदा सिंह र रेखा स्मिता पाटिलको सबैकुरा मिल्दोजुल्दो नै छ । यी दुबै अभिनेत्रीको तस्बीर देख्यो भने जो पनि भ्रम झुकिन्छन् । चित्रांगदाको अभिनय क्षमता पनि अचम्मको छ । तस्बीरमा चित्रांगदा सिंह र स्मिता पाटिलको समानता स्पष्टै देख्न सकिन्छ ।

चौँथोः स्नेहा उल्लाले सलमान खानको फिल्म ‘लकीःनो टाइम फॉर लव’बाट डेब्यु गरेकी हुन् । स्नेहा अल्लालाई देख्नेले ऐश्वर्या रायको डुब्लिकेट भन्छन् । सलमान खानले स्नेहा उलाललाई फिल्ममा ल्याउँदा उनले ऐश्वर्यासँग ब्रेकअप गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?