हार्मोनी कप २०२० को तयारी सकियो, १० र ११ अक्टोबरमा पर्थमा हुँदै !


आगामी अक्टोबर १० र ११ तारिख पर्थमा आयोजना हुन लागेको “एनआरएनए डब्लु ए हार्मोनी कप २०२०” को तयारी अन्तिम चरणमा पुगेको छ। दोश्रो पटक पर्थमा आयोजना हुन लागेको प्रतियोगितामा फुट्बल, भलिबल, क्रीकेट, टेबल टेनिस, ब्याड्मिन्टन, लाउन टेनिश र ५ किमी दौड गरी कुल ७ खेल समावेश गरिदै छन । सबै समुहका खेल तालिका, समय र स्थान निर्धारण गरी सकिएको एनआरएनए डब्लुएका सचिब दिपक बस्नेतले एमएनटीभीलाई जानकारी दिए । खेल र खेलाडीहरुका लागि आवश्यक सम्पूर्ण भौतिक तयारी सकिएको उनले बताए । हर्मोनी कपको उद्घाटन १० अक्टोबर शनिबार बिहान ७ बजे बर्जुड पार्कमा हुनेछ। उद्घाटन समारोह सकिए लगतै सोही स्थानबाट ५ किमी दौड प्रतियोगिता शुरु हुनेछ ।

फुट्बल

फुट्बल खेलतर्फ खुल्ला समुहमा पर्थका ४ क्लबहरु सहभागी हुँदैछन जस्मा नेप्लिज युनाईटेड, गुर्खाज बोयज, सनडे फुट्सल र नमस्ते फुट्बल क्लब रहेका छन। त्यस्तै ३५ माथि समुहमा रेड र ब्लु गरी २ समुह सहभागी हुँदैछन। फुट्बल खेल १० र ११ अक्टोबरका दिन दिउसो १२ बजे देखी बेल्मोन्ट स्पोर्टस एन्ड रिक्रीएशन क्लब ग्राउन्डमा सन्चालन हुँदैछ।

क्रीकेट

क्रीकेट तर्फ पर्थका ६ क्लबहरुले एक आपसमा प्रतिस्पर्धा गर्दैछन। खेलमा नेपाली वारीयर्स, वेष्टर्न नेप्लिज, पर्थ ब्लास्टर्ज, पर्थ गुर्खाज, नेप्पर्थ र पर्थ नेपाल क्रीकेट क्लबले सहभागीता जनाउदै छन। क्रीकेट खेल १० र ११ अक्टोबरका दिन भिक्टोरिया पार्कको राफेल पार्कमा बिहान ७स्३० बजे देखी सन्चालन हुनेछ।

भलिबल

भलिबल खेलमा पर्थका ५ समुह हिमाली गुर्खाज, डटलेस, टेस्टी मोमो, युनाईटेड ब्रदर्स र टिम रोयलले सहभागीता जनाउदै छन। उक्त खेल ११ अक्टोबर आइतबारका दिन बेल्मोन्ट ओएसिस लिजर सेन्टरमा बिहान ७ बजे देखी सन्चालन हुँदैछ।

टेबल टेनिस

टेबल टेनिस खेलमा पर्थका जना खेलाडीहरुले खुल्ला समुह र ३५ माथि समुह अन्तर्गत सहभागीता जनाउदै छन। टेनिस खेल ११ अक्टोबर आइतबारका दिन दिउसो ४ बजे देखी इम्बल्टन स्थित पर्थ टेबल टेनिस हल (द ल्याब)मा सन्चालन हुँदैछ।

लाउन टेनिस

लाउन टेनिस खेलमा एकल समुह तर्फ पर्थका २४ जना खेलाडीहरुले सहभागीता जनाउदै छन। खेल १० अक्टोबर शनिबारका दिन बेइजवाटर स्थित बेजवाटर टेनिस क्लबमा बिहान ७स्३० बजे देखी सन्चालन हुनेछ।

ब्याडमिन्टन

ब्याडमिन्टन खेल ११ अक्टोबर आइतबारका दिन बेलमोन्ट ओएसिस लिजर सेन्टरमा बिहान ७ बजे देखी सन्चालन हुनेछ। यस खेलमा १२ जना पर्थका जना खेलाडीहरुले सहभागीता जनाउदै छन।

५ किमी दौड

दौड खेल तर्फ तीन समुहमा प्रतियोगिता सञ्चालन हुँदैछ। खुल्ला समुह, ३५ माथि समुह र महिला समुह गरी कुल तीन समुहमा ३५ जना खेलाडीहरुले सहभागीता जनाउदै छन। दौड प्रतियोगिता १० अक्टोबर शनिबारका दिन बिहान ७ बजे देखी बर्जुड पार्कमा सन्चालन हुनेछ ।

हार्मोनी कपको समापन सँगै बिजयी खेलाडी र समुहलाई १८ अक्टोबरमा पर्थमा गाला डिनरको आयोजना गरी मेडल, प्रमाणपत्रतथा पुरस्कार बितरण गरिने एनआरएनए डब्लुएका संयोजक कृष्णमान श्रेष्ठले जानकारी दिए। गाला डिनर १८ अक्टोबर आइतबार म्याडिङ्टनस्थित सर्बिअन कम्युनिटी हलमा आयोजना हुनेछ। हार्मोनी कपमा उपस्थित भइ खेलाडीहरुको मनोबल बढाउन संयोजक श्रेष्ठले सबैलाई अनुरोध गरेका छन।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?