‘द कपिल शर्मा शो’ को बहिष्कारको माग फेरी किन उठ्यो ?
एजेन्सी । भारतीय चर्चित हाँस्य कार्यक्रम द कपिल शर्मा शो बन्द गर्नु पर्ने माग उठिरहेको छ । हाँस्य कलाकार कपिल शर्माले सञ्चालन गर्दै आइरहेको यस शोलाई फेरि बन्द गर्न माग गरिएको हो । उनी पछिल्लो एक एपिसोडका कारण अहिले सामाजिक सञ्चालमा ट्रोल भेरहेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको कार्यक्रम बहिष्कार गर्न माग समेत गरेका छन् । शो को एक अंशमा बच्चा यादव अथवा किकु शारदाले पत्रकार अर्णव गोस्वामीको नक्कल गरिएको थियो । अर्नावका समर्थकहरुले कार्यक्रम बन्द गर्नु पर्ने माग गरेका छन् । उनीहरु गोस्वामीको मजाक उडाएको भन्दै आक्रोशित बनेका हुन् ।
कपिलको शोमा हालै फिल्म निर्माता अनुभव सिन्हा र अभिनेता मनोज बाजपेयी पुगेका थिए । यसै कार्यक्रमको एक अंशमा किकु शारदा र कृष्ण अभिषेकले अर्नब गोस्वामीको नक्कल गर्दै भने, म ड्रग्स गर्दछु । शोमा यस्तो भनेपछि गोस्वामीका समर्थकले कपिल शर्माको शो सोशल मिडियामा बहिष्कार गर्ने अभियान चलाएका छन् ।
पत्रकार अर्णव गोस्वामीले आफ्नै मिडिया खोलेर अहिले आफू हाबी हुने गरि कार्यक्रमहरु चलाईरहेका छन् र आफ्नै भएकाले अर्णवले कहिले काहीं हद भन्दा बढी नागेर कार्यक्रम चलाउने गरेको आरोप खेपिरहेका छन् । आफ्नो व्यावसायी साथी राजीव चन्द्र शेखरसंग मिलेर रिपब्लिक टिभी स्थापना गरेका हुन् । अर्णव माथी धेरै उजुरीहरु समेत परेका छन् साथै उनी माथी कयौं पल्ट हमला समेत भएको छ ।