आफ्नो क्यान्सरबारे पहिलो पटक बोले सञ्जय दत्त
एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तले पहिलो पटक क्यान्सरबारे खुल्ला रूपमा कुरा गरेका छन् । बुधबार इन्स्टाग्रामम एउटा भिडियो पोस्ट गर्दै छिट्टै क्यान्सरमुक्त हुने बताएका छन् ।
उनले एक ‘हेयर सलुन’को प्रमोशनका लागि बनाएको भिडियोमा क्यान्सरबारे बोलेका हुन् । उनले उक्त भिडियोमा भनेका छन्, ‘मेरो जिवनको सबैभन्दा ठूलो त्रास यही हो । अब छिट्टै क्यान्सरमुक्त हुनेछु ।’
उनले लकडाउनपछिको प्रोजेक्टहरूको बारेमा पनि उक्त भिडियोमा केही चर्चा गरेका छन् ।
गत वर्षको सफल फिल्म केजिएफको सिक्वेल केजिएफ–२ मा सञ्जय दत्तको पनि अभिनय रहनेछ । मंगलबारबाट उक्त फिल्मको सुटिङ सुरू भएको छ । भारतीय मिडिमा उल्लेख भएअनुसार २०२१ को जनवरीमा यो फिल्म रिलिज हुनेछ ।